कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

Posted on: 01 Dec, 2021

मंसिर १५, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।

प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे । मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ । 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) तीन र राप्रपा नेपालका एक जना सांसद छन् ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन् ।

राप्रपाको पनि समर्थन

पहिलो पटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद शोसिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन् ।‘हामीले पाँच वर्षसम्मका लागि अघिल्लो सरकारलाई समर्थन गर्‍याैँ। तर, परिणाम आउन सकेन । अघिल्लो सरकार जस्तो नहोस् । यो सरकारले परिणाममुखी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दैछु,’  मत दिएपछि उनले भनिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!