भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण

Posted on: 04 Mar, 2017


फागुन २१, सुर्खेत । नेपाल राष्ट्रिय उद्योग व्यापार सङगठन सुर्खेतको आजोजनामा भट्टेघारीका आगलागि पिडितलाई राहत वितरण गरेको छ ।

 केही समय पहिला एकाएक घर आगलागि हुदा भट्टेघारीका स्थानीय बासीन्दाहरुको धन माल सम्पूर्ण नष्ट भएको हो । दिउसै एक्कासी आगलागि हुदा सुर्खेत तरङगा गाविस अन्तगर्त भट्टेघारीका स्थानीयबासीन्दाहरुले धन माल गुमेको हो  ।

आगलागि भइसकेपछि सुर्खेतबाट जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेल अवलोकनमा गएका थिए । के कसरी भएको भन्दै सम्बन्धि स्थानमा पुगे पनि कुनै पहिचान हुन सकेको थिएनन ।

सम्पूर्ण घर सामान सहित गुमाएपछि त्यहाँ स्थानीय बासीन्दालाई बिहान बेलुकाको छाक टार्न समस्या देखिएको छ । 

आगलागि पिडितलाई केही राहत हुन्छकी भनेर आफूहरुले सानो सहयोग गरेको नेपाल राष्टिय उद्योग व्यापार  संगठनका केन्द्रिय उपाध्यक्ष मदन खडकाले बताएका छन । खडकाले भने आफूहरुले भटेघारीका १३ परिवारलाई राहत वितरणमा गरेको बताए । 

राहत कार्याक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्क्षय तथा प्रदेश नं ६ का व्यापारी मदन बहादुर खडका, केन्द्रिय सदस्य कर्ण बहादुर अधिकारी क्षेत्री, सचिवालयका पर्वल शाही,प्रदेशका कोषाध्क्षय पदम विष्ट, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन सुर्खेतका महासचिव ओम प्रसाद पौडेल, विर्ष बहादुर सिजापती, डम्बर सुनार, लगायतको उपस्थितीमा राहत वितरण गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!