सुर्खेतमा आगलागी, दमकल नहुँदा नियन्त्रणमा आउन सकेन

Posted on: 01 Jun, 2017


जेठ १८, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका– १६, सुर्खेतमा बिहीबार बिहान आगलागी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको न्यु कोटेश्वर टायर रिसोलिङ सेन्टरमा आगो लागेको हो ।

बिहीबार बिहानैदेखि आगलागी भए पनि सुर्खेतमा दमकल नहुँदा अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले अहिले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीका कारण करोडौँका सामान जलेर नष्ट भएको अनुमान गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!