होटल संचालकद्धारा एक युवकको बन्चरो प्रहार गरी हत्या

Posted on: 25 Aug, 2017

दलसिंह गिरी | भदौ ९, सुर्खेत | सुर्खेतमा होटल संचालकले एक युवकको बन्चरो प्रहार गरी हत्या गरेका छन् । 

विरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थीत शनिहललाईनमा रहेको मामाभान्जा होटलका संचालक देवी प्रसाद ढकालले कालिकोट स्थायी घर भएका अन्दाजी ३० बर्षिया रतन बहादुर शाहीको बन्चरो प्रहार गरि हत्या गरेका हुन् । 

कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका शाहीको होटल संचालक ढकालले के कति कारणले हत्या गरे भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शाहीको हत्या लगतै फरार भएका ढकाललाई अत्याधिक मदिरा सेवनको अवस्थामा विरेन्द्रनगर नगरपालिकाको गणेशचोकबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पढाईको शिलशिलामा सुर्खेत आएका शाही लामो समय देखि सोही होटलमा बस्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!