लवाई–खवाई र संस्कृति जोगाउन माघी मेला

Posted on: 11 Jan, 2018

दलसिंह गिरी/पुस २७, सुर्खेत । प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगर सुर्खेतमा माघीको रौनक बढेको छ । 

मगर तथा थारु जातीहरुको एक प्रमुख चाँडको रुपमा रहेको माघी पर्ब मनाउन यहि २७ गते विहिबार देखि सुरु भएको माघी मेला संगै माघी पर्बको रौनक बढेको हो ।


मगर तथा थारु समुदायको कला, संस्कृती लवाई खवाई रितिरिवाजको जगेर्ना गर्ने उद्देश्यले माघी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । तीन दिन सम्म संचालन हुने मेलामा लोक संस्कृति झल्काउने खालका सोरठी, कौडा, ठाडोभाखा, ख्याली, दोहोरी एकल नृत्य लगायतका सास्कृतिक कार्यक्रमहरु देखाईने छन् भने धनुषवाण, छेलो जस्ता प्रतियोगिता समेत देखाईने आयोजकले जनाएको छ । यस्तै मेलामा मगर तथा थारु समुदायमा खाईने खाना परिकार तथा लगाईने भेषभूषा परिकारहरुका स्टलहरु समेत राखिने जनाईएको छ । 


पहिलो दिन वीरेन्द्रनगरको मंगलगढीचोक बाट विशेष तामझामका साथ ¥याली सहित बजार परिक्रमा गरी सुरु भएको माघी मेलाको उद्घाटन नेपाल मगर संघ पूर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवं बर्तमान सांसद बसन्त घर्तीले गर्नु भएको छ । 

यहि पौष २९ गते सम्म संचालन हुने माघी मेलामा राष्ट्रिय कलाकारहरु तिला गरंजा मगर, निरु श्रीष मगर, मोडेल आरुशी मगर, सम्झना लामिछाने मगर लक्ष्मी राना मगर लगायतको सहभागिता रहेको छ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!