पुर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि समिति गठन

Posted on: 14 Jan, 2018

पुस ३०, सुर्खेत । पुर्व राजा ज्ञानेन्द्र शाह सुर्खेतको देउती वज्यै मन्दिर दर्शनका लागि माघ ३ गते सुर्खेत आउने भएका छन् । पुर्व राजा सुर्खेत आउने भएपछि पुर्व राजालाई स्वागत गर्न ६५१ सदस्यीय स्वागत समिति गठन गरिएको छ ।

पुर्व राजालाई स्वागतका लागि प्राध्यापक बलभद्र भारतीको संयोजकत्वमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, पूर्व जिविस उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरी र पूर्व प्रधानपञ्च मानबहादुर खड्कासमेत सदस्य रहेको ६५१ सदस्यीय श्री ५ ज्ञानेन्द्र स्वागत समिति गठन गरिएको हो ।

माघ ३ गते सुर्खेतको प्रसिद्ध धार्मिक स्थल देउती बज्यै मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको मुल समितिका संयोजक वलभद्र भारतीले जानकारी दिए । 

उनले देउतीबज्यैतर्फ जाने मूल गेट पिपिराचोकबाट मन्दिरद्वारसम्म फूलमाला लिई स्वागत गरिने कार्यक्रम रहेको बताए । उनले पुर्व राजालाई स्वागत गर्नका लागि सुर्खेतवासीलाई अनुरोध गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!