सुर्खेतमा काठ लोड गरिएको ट्याक्टरसहित तीन जना पक्राउ

Posted on: 31 Jan, 2018

माघ १७, सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले चिरान काठ लोड गरिएको ट्याक्टरसहित तीन जनालाई पक्राउ गरेको छ । 

गुर्भाकोट, १२ शुभाघाटबाट कार्यालयले भे १ त २३१७ नंवरको ट्रयाक्टरमा ल्याउँदै गरेको अवैध चिरान काठसहित तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा ट्याक्टर चालक भुपेन्द्र बुढा, सहचालक सुनिलकुमार बुढा र सहयोगी मानबहादुर कठायत पक्राउ परेको जिल्ला वन कार्यालयका वन अधिकृत हेमराज विष्टले जानकारी दिए । उनका अनुसार कार्यालयले १०७ थान अर्थात ५६.४० क्यूविक सालको चिरान काठ बरामद भएको छ ।

काठ ल्याउँदै गरेको सूचनाका आधारमा उनीहरूलाई वन कार्यालयको टोली पक्राउ गर्न सफल भएको विष्टले बताए । ट्याक्टरसहितको काठ र तीनै जना माथि थप छानविन शुरू गरेको विष्टले उल्लेख गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!