सुर्खेतमा मतदातालाई प्रशिक्षण

Posted on: 04 Feb, 2018

माघ २१, सुर्खेत | प्रदेशसभाको आज अपराह्न बैठक शुरु हुनुपूर्व बिहान बसेको वाम गठबन्धनको बैठकले प्रदेश बैठकमा कसरी प्रस्तुत हुने र दलबाट कसले धारणा राख्ने भन्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारे प्रदेशसभा सांसद, नगरपालिका÷गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिइने जनाएको छ । प्रशिक्षण अपराह्न २:०० बजे सञ्चालन गरिने एमाले जाजरकोटका प्रदेश सांसद करवीर शाहीले बताउनुभयो । 

मतदातालाई मतदान गर्ने तरिकाबारे प्रशिक्षण सञ्चालन तथा समूहको नेतृत्व गर्न एमालेबाट गोरखबहादुर बोगटी र माओवादी केन्द्रबाट गगनबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ । यसैबीच प्रदेश नं ६को बैठक वीरेन्द्रनगर, सुर्खेतमा आज अपराह्न १:०० बजे शुरु हुँदैछ । सो प्रदेशमा चार हजार ७६४ मतदाता छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!