एड्भान्स वेटरको खेलकुद सप्ताह सम्पन्न (फोटोफिचर)

Posted on: 15 Feb, 2018

फागुन ३, सुर्खेत । एड्भान्स वेटर इङ्गिलस सेकेण्डरी स्कूल वीरेन्द्रनगर ३ तातापानी सुर्खेतको १० औ खेलकुद सप्ताह बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 


आगामी फागुन ११ गते सम्पन्न हुन गईरहेको दशौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित दशौं वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रममा जुनियर, सिनियर, अन्र्तरसदनात्मक गरी कुल १३२ वटा खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी रुपेश पोख्रेलले बताएकाछन् ।


विगतका वर्ष झै यस वर्ष एक विशेष कार्यक्रमका वीचमा खेलकुद सप्ताह सञ्चालन भएको थियो । गत शनिवार विद्यालयको प्राङ्गणमा मार्चपास गर्दै संचालन भएकोे खेलकुद सप्ताहको उद्घाटन कार्यक्रम एन् प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं.६ का संयोजक श्री कमल बहादुर सिंहको प्रमुख आतिथ्यतामा रप्रिन्सिपल श्री मणिराम देवकोटाको अध्यक्षता संचालित समारोहमा वि.ब्य.स. अध्यक्ष श्री गणेश खड्का, शि.अं. संघका अध्यक्ष श्री गिता बुढा, नेपाल ह्याण्डबल सुर्खेतका सचिब श्री भुवन शाहीको आतिथ्यतामा अभिभावक र विद्यार्थीहरुको विचमा  प्रमुख अतिथि र ह्याण्डबल प्रशिक्षकले एम्पायरलाई बलहस्तान्तरण गरी सुरुवात भएको खेलकुद सप्ताहमा कुल १३२ वटा खेल सम्पन्न भएकाछन् ।


खेलकुद सप्ताहको अनितम दिन आज खो खो,हाइजम्प लङ्गजम्प, त्रिपलजम्प, स्पोन रेस, सटफुट, ज्याप्लिङ्ग थ्रो लगायतका दर्जन बढी खेल सम्पन्न भएकाछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!