क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाउछु: मुख्यमन्त्री शाही

Posted on: 20 Feb, 2018

फागुन ८, सुर्खेत | प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ । 

अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताउनुभयो । 

प्रदेश सरकारले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउनतर्फ कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री शाहीको भनाइ छ । अस्पतालमार्फत जटिल प्रकृतिका बिरामीको सेवा सुर्खेतमै दिन सरकारले आवश्यक नीति बनाएर केन्द्र सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री शाहीले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!