सुर्खेतमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, अर्का एक घाइते

Posted on: 04 Dec, 2018

इन्द्र बुढाथोकी । मंसिर १८ सल्यान । सुर्खेत सिम्तागाउपालिका ४ मसतरा सुकेताल नजिकै सुर्खेत जामुने देखि जाजरकोट जाँदै गर्दा भे १ ज ८४० नम्बरको टाटासुमोको जिपले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छ्न । 

मृत्यु हुनेमा नजिकैको ठाटिको मेला ( जात्रा) हेर्न जाने हिडेका सोही ठाउका पैदल यात्री वर्ष २१ का वकिल खड्का रहेका छन् | खड्काको घटना स्थलमै मृत्यु भएको छ । भने अर्को सोही ठाउका लाल ब नेपाली भने घाइते भएका छन । घाइते नेपालीलाई उपचारको लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय बादेपिपल राकमका प्रमुख श्याम शाहले जानकारी दिएका छन । उक्त सडकमा १२ गते मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।  छिन्चु जाजरकोट सडक खण्डमा सडक दिन प्रती दिन घटना बढदै गइरहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!