प्रहरीमा भर्ना हुन आएका युवकको घाँटी रेटेर वीभत्स हत्या !

Posted on: 12 Jan, 2019

पुस २८, राँझा | नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा  घाँटी रेटेर वीभत्स हत्या भएको छ । 

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका–११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा आज शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो । 

“गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, “धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।” मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई रु एक लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी आज बिहान मृतावस्थामा फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो । (रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!