२ सय ९१ गाई भीरबाट खसालियो, २३ मरे, अन्य घाइते

Posted on: 30 Aug, 2019

भदौ १३, सुर्खेत | नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै  तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ । नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो ।

भीरबाट खसाल्दा बाछीसहित २३ गाई मरेका छन्  अरू घाइते  भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्। वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको छ।

बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन्। वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टका असई प्रमोदसिह‌ं ठकुरीका अनुसार गए राति ८ ट्रकमा गाई लिइएको थियो। तीमध्ये ४ ट्रक राति १२ बजेतिर नेपालगञ्ज फर्किन लागेका थिए। उनीहरूलाई फिर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा राखिएको छ।

यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!