जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।
नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । डिस्चार्ज हुनेहरुमा पुरुषको संख्या १७२ छ भने महिला ४ जना रहेका छन् ।
आइतबार कहाँ कति संक्रमित ?
तनहुँ (रिसिङ) - १ जना
स्यांग्जा (गल्याङ) - २ जना
पर्सा (सुगौली) - ५ जना
कालिकोट (शुभकालिका, महई) - १८ जना
दैलेख (दुल्लु, नारायण, सिम्दा, देवलकान, रातापानी, सादु)- १८
बाजुरा (जुजनाथ)- १ जना
सल्यान (कुपिन्डे)- २५ जना
सुर्खेत (बराहताल) - १ जना
कपिलवस्तु (शिवराज) - १ जना
बाँके (नारिनापुर, खजुरा, नेपालगंज, बैजनाथ) - ८ जना
सप्तरी (राजगढ) - १२ जना
कैलाली (भजिनी, जानकी, त्रिनगर) - ३ जना
बाजुरा - २ जना
झापा (गौरीगंज) - ४ जना
मोरङ (विराटनगर) - १ जना
धनुषा (मुखियापट्टि) - २१ जना
कपिलवस्तु (महाराजगंज ) - ४ जना
रौतहट - २९ जना
सर्लाही - १० जना
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!