जीपको ठक्करबाट दुई किशोरीको को मृत्यु , आक्रोशित स्थानीयद्वारा राप्ती राजमार्ग बन्द

Posted on: 01 Oct, 2021

असोज १५, काठमाडौँ । जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई छात्राको उपचारको क्रमममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा आज उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार मृत्यु हुनेमा शारदा नगरपालिका–६ बरलाकी करिब १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी करिब १८ वर्षकी सुनिता नेपाली छन् ।

शुक्रबार बिहान १० बजेतिर विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो ।

थारमारेबाट खलंगातर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका जीपले शारदा नगरपालिका- २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको थियो ।

चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच आक्रोशित स्थानीयले दिउँसो २ बजेपछि राप्ती राजमार्ग बन्द गराएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!