लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फाइरिङ

Posted on: 07 Dec, 2017

मङ्सिर २१, काठमाडौँ । स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ । साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको स्थानमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो । 

विवादलाई मिलाउन नसकेपछि प्रहरीले हवाई फाइरिङ गरेको छ । दुई गठबन्धनलाई रोक्न नसकेपछि हवाई फाइरिङ गर्नुपरेको गल्याङ प्रहरी चौकीले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!