शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on: 29 Mar, 2019

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा शिक्षा समवेदनशीलता माथिनै प्रश्न चिन्ह पैदा भएको छ । शुक्रबार हुने समाजिक विषयको प्रश्नपत्र पनि बजारमा देखिएपछि शुक्रबारको एसईई परीक्षा दिन जाने/नजाने भन्नेमा अन्यौलता भएको छ । 

सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट भए पछि कयौं अनलाइन मिडिया हरु र सामाजिक संजालले यस बिषयलाई भाईरल बनाएका छन् । सामाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा आए पनि यो आधिकारिक हो या होइन भन्ने बारे पुष्टि भएको छैन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!