जिसस स्याङ्जामा एमालेको प्यानल विजयी

Posted on: 09 Aug, 2017

साउन २५, स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको आज सम्पन्न निर्वाचनबाट नेकपा (एमाले)को समूह विजयी भएको छ । 

समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वाचित हुनुभएको हो । 

उपप्रमुखमा एमालेका दिलीपकुमार बगाले विजयी हुनुभएको छ भने समन्वय समिति सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका धनमाया विक, विष्णु चन्द, गुमानसिंह थापा, सीता थापा, टीकाकुमारी डुम्रे, विष्णुप्रसाद आचार्य, तेजेन्द्र सुनार विजयी हुनुभएको हो । 

एघारवटा स्थानीय तहमा एमाले र नेपाली काँग्रेसबाट विजयी भएका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले मत दिएका हुन् । जिल्लामा कूल २२ मत रहेकोमध्ये एमालेको पक्षमा १५ मत र नेपाली काँग्रेसको पक्षमा सात मत रहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!