स्याङ्जामा नवलपरासीका गुरुङको करेन्ट लागेर ज्यान गयो

Posted on: 09 Aug, 2017

साउन २५, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवलपरासी जिल्ला साविकको जहेडा गाविस–१ घर भई राङखोलामा डेरा गरी बस्दै आएका चन्द्रबहादुर गुरुङ रहेको छ । 

बाँस काट्ने क्रममा विद्युतको मेन लाइनमा छुँदा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल स्याङजामा दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

पेन्सन बुझ्न आएका वृद्धको मृत्यु 

पेन्सन बुझ्न आएका एक वृद्धको आज दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा भीरकोट नगरपालिका–८ जोगीथुमका सय वर्षीय देवाखर काफ्ले रहेको छ । 

वालिङ भकुण्डेस्थित भारतीय पेन्सन वितरण केन्द्रको गेटमा गाडीबाट ओर्लिएपछि एक्कासी ढलेर बेहोस भई काफ्लेको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

स्याङ्जाको वालिङमा वर्षमा २ पटक भारतीय सेनामा कार्यरत भूतपूर्व सैनिक तथा उनका परिवारहरुलाई क्याम्प खडा गरी पेन्सन वितरण गर्दै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!