ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

Posted on: 11 Aug, 2017

साउन २७, स्याङ्जा । मालुंगामा आज अपराह्न ट्रक दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

वडा प्रहरी कार्यालय वालिङका अनुसार पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नंको ट्रक गल्याङ नगरपालिका–१ मालुंगा कुनौटास्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा परी स्याङ्जा, वालिङ नगरपालिका–१४ घर भई कपिलवस्तु वाणगंगा–२ बस्ने अन्दाजी ७५ वर्षीया जानकी थापा मगर र कृष्णबहादुर थापाको मृत्यु भएको हो । 

घाइते चालक मकवानपुर दामन पालुङ–५ बस्ने ५१ वर्षीय भुवन कार्की, स्याङ्जा वालिङ–९ बस्ने ६६ वर्षीय भोजप्रसाद तिवारी र वालिङ–१४ घर भई हाल कपिलवस्तु वाणगंगा–२ बस्ने ५३ वर्षीय कोशबहादुर थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । 

ट्रक सिद्धार्थ राजमार्गबाट आज अपराह्न १: ४५ बजेतिर झण्डै १५० मि तल खसेको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!