स्याङ्जामा करेन्ट लागेर ५० वर्षीय गुरुङको मृत्यु

Posted on: 19 Sep, 2017

असोज ३, स्याङ्जा। वालिङ–४ एलादीमा करेन्ट लागेर एलादीका ५० वर्षीय सोमबहादुर गुरुङको मृत्यु भएको छ । 

गए राति स्थानीयवासी रामबहादुर गुरुङको बंगुर फार्म सफा गर्नका लागि खोलाबाट मोटरमार्फत पानी तान्नेक्रममा करेन्ट लागेर गुरुङको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । शव परीक्षणपछि परिवारलाई बुझाइएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!