१२ वर्षीया छोरी आफ्नै बाबुबाट बलात्कृत

Posted on: 07 Jan, 2019

पुस २३, स्याङ्जा । स्याङ्जामा आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ परेको छन् ।

पुस १४ गते राति छोरीलाई जबरजस्ती करणी गरेकोले पीडितले सहन नसकी आफन्तलाई बताइदिने भनेपछि भोलिपल्ट छोरीलाई तातो कुँडो खन्याई ज्यान मार्ने प्रयाससमेत गरेकाले बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


३५ वर्षीय आफ्नै बुवाले दुई वर्ष पहिलादेखि १२ वर्षीया छोरीलाई विभिन्न किसिमको यातना दिई जबरजस्ती करणी गर्दै आएको तथा अरु कसैलाई भनेमा ज्यान मार्ने भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

छोरी करणी गर्ने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि वढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!