मृगौला पीडितलाई दिमिक युथ क्लबको आर्थिक सहयोग

Posted on: 12 Mar, 2021

फागुन २८, स्याङ्जा । स्याङ्जाको गल्याङ न.पा-११, दिमिकका लेखनाथ भट्टराईको मृगौला प्रत्यारोपणको लागि दिमिक युथ क्लबलेआर्थिक सहयोग प्रदान गरेको छ ।

हाल भारतमा उपचाररत भट्टराईको मृगौला प्रत्यारोपणको लागि क्लबले रु १२,००० सहयोग स्वरुप उहाँका प्रतिनिधि पात्र भाई टंक प्रसाद भट्टराईलाई क्लबका अध्यक्ष ढाकाराम भट्टराईले प्रदान गरेका हुन् । जसमा दिमिक युथ क्लबको कोषबाट रु ५०००, रमेश भट्टराई (द.कोरिया) रु ५००० र ढाकाराम भट्टराई रु २००० समेत गरी जम्मा रु १२००० क्लब मार्फत समाजसेवी लिलाराम ज्ञवाली र टंक प्रसाद भट्टराई समक्ष हस्तान्तरण गरिएको हो । 


त्यसै गरी समाजसेवी लिलाराम ज्ञवाली,टंक प्रसाद भट्टराई र दिमिक युथ क्लबका अध्यक्ष ढाकाराम भट्टराईको सक्रियतामा विभिन्न व्यक्ति,संघ/संस्था लगायतबाट जम्मा रु १,१२,९१५ पीडित लेखनाथ भट्टराईका भाइ टंक प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष ढाकाराम भट्टराईले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!