समाज | तनहुँ - TNH


तनहुँमा ट्रकसंग माइक्रोबस जुद्दा दुई महिलाको मृत्यु

Posted on September 25, 2018 | views : 104 | तनहुँ - TNH

असोज ९, दमौली (रासस) | तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।  पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसक

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 21512 | तनहुँ - TNH

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 1543 | तनहुँ - TNH

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

लागूऔषधसहित तीन पक्राउ

Posted on September 18, 2018 | views : 121 | तनहुँ - TNH

असोज २, दमौली | प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानका

Read More

सबै प्रदेशमा ट्राफिक कार्यालय, प्रदेश ३ को चितवनमा, ४ को तनहुँमा

Posted on September 17, 2018 | views : 387 | तनहुँ - TNH

अच्युत रेग्मी | असोज १, काठमाडौँ | नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।  प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को

Read More

तनहुँ बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

Posted on September 14, 2018 | views : 182 | तनहुँ - TNH

भदौ २९, दमौली (रासस) | चितवनको भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख २ नंको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  विवाहका लागि जन्ती बोकेर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करीब पाँच मिटर तल पल्टिंदा बसमा

Read More

काठमाडौँबाट लागु औषधसहित एक युवक पक्राउ

Posted on August 30, 2018 | views : 126 | तनहुँ - TNH

भदौ १४, काठमाडौँ | प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ ।  भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

Read More

सवारी दुर्घटनामा परि सोह्र घाइते, ५ को अवस्था गम्भिर

Posted on August 15, 2018 | views : 321 | तनहुँ - TNH

साउन ३०, तनहुँ | बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।  गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचा

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 1833 | तनहुँ - TNH

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

तनहुँमा ७८८ नयाँ उद्योग

Posted on August 03, 2018 | views : 243 | तनहुँ - TNH

साउन १८, तनहुँ | आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् ।  उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु उद्योग र ४९ घरेलु उद्योग दर्ता भएका हुन् । आव २०७३÷७४ मा लघु उद्योग दर्ता करमा छुट भएका कारण बढी उद्योग दर्ता भएको

Read More

तनहुँमा माइक्रोबस र ट्रक ठोक्कियो, १ को मृत्यु, १५ घाइते

Posted on July 30, 2018 | views : 463 | तनहुँ - TNH

साउन १४, तनहुँ । तनहुँमा माइक्रोबस र ट्रक ठोक्किँदा सोमबार बिहान एक युवतीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिप

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 2371 | तनहुँ - TNH

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 2183 | तनहुँ - TNH

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2317 | तनहुँ - TNH

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1604 | तनहुँ - TNH

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

Posted on July 07, 2018 | views : 174 | तनहुँ - TNH

असार २३, दमौली | देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् ।  सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप र नौ वर्षीय छोरा रितभर रहेको जिल्ला प्रहरी का

Read More

तनहुँमा रुखले च्यापेर एकको मृत्यु, दुई गम्भीर घाइते

Posted on July 03, 2018 | views : 288 | तनहुँ - TNH

असार १९, तनहुँ | व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै

Read More

तनहुँमा बस दुर्घटना: १ को मृत्यु, ७ घाइते, तीनको अवस्था गम्भीर

Posted on June 15, 2018 | views : 163 | तनहुँ - TNH

असार १, तनहुँ | तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् ।  ग१ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किन

Read More

तनहुँमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

Posted on June 13, 2018 | views : 93 | तनहुँ - TNH

जेठ ३०, तनहुँ | पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1379 | तनहुँ - TNH

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1527 | तनहुँ - TNH

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

होमस्टेले उद्यमी बनायो बन्दीपुरका महिलालाई

Posted on June 05, 2018 | views : 73 | तनहुँ - TNH

जेठ २२, बन्दीपुर | “घरवास कार्यक्रम सञ्चालनसँगै यहाँका महिलाको आर्थिक प्रगतिसँगै व्यावसायिक दक्षता र व्यक्तित्व विकाससमेत भएको छ,” बन्दीपुर सामुदायिक होमस्टे (घरवास)समितिकी कोषाध्यक्ष कृष्णा थापाले भन्नुभयो ।  शुरु शुरुमा आगन्तुकसँग बोल्न लाज लाग्ने गरेको बताउँदै थापाले पछिल्लो समयमा घरवास कार्

Read More

तनहुँमा बसको ठक्करबाट तीन जनाको मृत्यु

Posted on May 27, 2018 | views : 177 | तनहुँ - TNH

जेठ १३ तनहुँ | बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।  दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको

Read More

तनहुँमा नेपाली सेनाद्वारा बम निष्क्रिय

Posted on May 13, 2018 | views : 189 | तनहुँ - TNH

वैशाख ३० दमौली | तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो । सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ

Read More

तनहुँको मास्तीघाट र खहरेका ८४ घरपरिवार टुकीका भरमा

Posted on May 08, 2018 | views : 158 | तनहुँ - TNH

वैशाख २५, दमौली, तनहुँ | तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् ।  राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् । अहिले पनि मास्तीघाटका ५२ घर पर

Read More

दमौलीमा ग्यास बोकेको बुलेट दुर्घटना, २ जना गम्भीर

Posted on April 25, 2018 | views : 220 | तनहुँ - TNH

वैशाख १२ दमौली, तनहुँ | पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।  दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन् ।  भारतको हल्दीबारीबाट कास्कीको ग

Read More

तीन महिनापछी तनहुँमा प्रजिअ

Posted on April 17, 2018 | views : 210 | तनहुँ - TNH

बैशाख ४, दमौली (रासस) | तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुग्नुभएको छ ।  गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुग्नु भएको छ । उहाँले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हाल्नु भएको छ ।  तत्का

Read More

तनहुँमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

Posted on February 27, 2018 | views : 411 | तनहुँ - TNH

फागुन १५, तनहुँ | जिल्लाको व्यास नगरपालिका–१ गल्वुवेशींमा स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ९५ वर्षीय विष्णुमाया पन्थ रहेको प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिनुभयो ।  तालघारेबाट विद्यार्थी छोड्दै भादगाउँतर्फ जाँदै गरेको ज्ञान गंगा बोडिङ स्कुलको ग

Read More