तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ– पौडेल

Posted on: 12 Dec, 2016

मंसिर २७, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ । 

नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा पनि एमालेले वार्ता र संवादको बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । 

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो भवनले सहयोग पुरियाउने पनि उहाँले बताउनुभयो । 

सो अवसरमा सांसदद्वय टुकराज सिग्देल र रामचन्द्र पोख्रेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पवनजङ्ग रायमाझी, दमौली अस्पतालका अध्यक्ष हरिराज कँडेल र जनस्वास्थ्य अधिकृत मुक्तिनाथ पण्डित लगायतले सो भवन निर्माण भएपछि सर्वसाधारणलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुग्ने बताउनुभयो । 

रु। दुई करोड ५६ लाख २६ हजारको लागतमा करिब १८ महिनामा सो भवनको निर्माण कार्य सक्ने लक्ष्य लिएको छ । 

यसैबीच नेता पौडेलले आज नै छाब्दी मार्गको निरीक्षण गर्नुका साथै बैरेनी खानेपानी आयोजनाको समेत उद्घाटन गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!