तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on: 16 May, 2017

जेठ २, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बिजय हासिल गरेको छ । 

बन्दिपुरको अध्यक्षमा माओवादी केन्द्रका पूर्णसिंह थापाले २४४२ मतका साथ बिजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले २१९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै करुणा गुरुङले २४४२ मतका साथ बिजयी भएकी छन् । यसअघि तनहुको देवघाटमा एमालेले बिजय हासिल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!