रामचन्द्र विरुद्ध गोविन्दराज जोशीले दिए वागी उम्मेदवारी

Posted on: 02 Nov, 2017

कात्तिक १६, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले वागी उम्मेदवारी दर्ता गराएका छन् । 

तनहुँ १ बाट उम्मेदवार सिफारिस परेका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएसँगै पौडेल संकटमा पर्ने देखिएको छ ।

 

वाजागाजासहित -याली लिएर जोशी उम्मेदवारी दर्ता गर्न पुगेका थिए । भ्रष्टाचारको आरोप लागेका जोशीलाई कांग्रेसले टिकट निदएपछि वागी उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै जोशीले आफू नै नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार भएको बताए । 

उनले वीपीको विचार जोगाउन आफ्नो उम्मेदवारी भएको दाबी गरे । वरिष्ठ नेता रामचन्द्र पौडेल भने केहीबेरपछि उम्मेदवारी दर्ताका लागि जाने कार्यक्रम रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!