तनहुँका सामाजिक संस्थामा अनियमितता माैलायाे, सेवाग्राहीलाई सास्ती

Posted on: 25 Dec, 2016

टंक सुनार/अशाेक बिश्वकर्मा | पुस १०, तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र रहेका समाजिक संघ संस्थाहरूमा अनिमितता माैलाउदा सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ ।

समाजकाे हितका लागि भनेर सञ्चालन गरीएका यस्ता संघ संस्थाहरू ब्यक्तिगत स्वार्थ केन्द्रित हुदा यस्ताे समस्या सृजना भएकाे हाे । सामाजिक संस्थाहरूले  सर्वसाधारणलाई दिनु पर्ने सेवा सुविधा उपलब्ध गराउन नसकेकाे तथ्य नागरीक समाज शुक्लागण्डकीले अाइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलनमा  बाेल्दै समाजका अध्यक्ष खेमराज खनालले समाजिक संघ संस्थाहरूले जनतालाई राहत दिनुकाे साटाे अाहात दिएकाे अाराेप लगाउनु भयाे । जनतालाई अनेक बाहानामा झुलाउने गरेकाे भन्दै यसकाे कारण नगपालिकाले नगरमा रहेका संघ संस्थाकाे स्वामित्व नलिनु रहेकाे बताउनु भयाे। यस्ता अनिमितता रहेका संघ संस्थाहरूमा जि.पि. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, जेष्ठ नागरिक सेवा केन्द्र झरौटा, भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा, स्थानिय श्रृङ्गा बस ब्यवसायी समिति, ईलाका प्रहरी कार्यालय बेलचौतारा, सामुदायिक तथा निजि विद्यालयहरु, उद्योग कलकारखाना र शुक्लागण्डकी नगरपालिका लगाएत रहेका छन ।

उता नगरपालिकाले भने छिटाे छरीताे सेवा प्रदान गर्न नगरपालिका लागेकाे जिकिर गरेकाे छ । संघ संस्थामा हुने यस्ता ढिला सुस्ती तथा वेथितिका कारण बिशेषगरी अपाङ्ग बृद्धबृद्धा एकल महिला र बिरामी बढी मारमा परेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!