जिपको ठक्करबाट एकको मृत्यु

Posted on: 27 Jan, 2017

माघ १४, दमौली । तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताउनुभयो । 

पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं को जिपले विपरीत दिशाबाट आउँदै गरेको ग ३ प २११३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका विकको रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!