गाडीको ठक्करबाट बालक घाइते, पृथ्वी राजमार्ग अवरुद्ध

Posted on: 31 Jan, 2017

माघ १८, दमौली । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै आज बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ । सवारी साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग गर्दै पीडित पक्षले पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ । 

अपराह्न १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बाटामा अलपत्र परेका छन् । ठक्कर दिने सवारी साधनको पहिचान गर्ने र बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!