पौडी खेल्न गएका १४ वर्षीय बालक बेपत्ता, एकको जीवितै उद्धार

Posted on: 19 Sep, 2017

असोज ३, तनहुँ। मादीसेती नदी संगमस्थल नजिकै आज दिउँसो पौडी खेल्न गएका दुई बालकमध्ये एकलाई पानीले बगाउँदा बेपत्ता भएका छन् भने अर्का एक बालकको जीवितै उद्धार गरिएको छ । 

बेपत्ता हुनेमा बागलुङ घर भई हाल व्यास–३ स्थित महर्षि वेदव्यास संस्कृत मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीय चिरञ्जीवी पौडेल छन् । 

सँगै पौडी खेल्न गएका जिल्ला नवलपरासी डण्डा घर भई हाल सोही विद्यालयको कक्षा १० मा अध्ययनरत अभिषेक अर्यालले साथी पौडेललाई बचाउन लाग्दा उल्टै नदीले बगाएको र उनलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । 

उद्धार गरिएका किशोरको दमौली अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!