तनहुँमा माइक्रोबस र ट्रक ठोक्कियो, १ को मृत्यु, १५ घाइते

Posted on: 30 Jul, 2018

साउन १४, तनहुँ । तनहुँमा माइक्रोबस र ट्रक ठोक्किँदा सोमबार बिहान एक युवतीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वी राजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका १२ छिर्कनेमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!