अज्ञात समूहद्वारा वडाध्यक्ष कुटिए

Posted on: 03 Nov, 2018

कात्तिक १७, दमौली (रासस) | तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । 

कुटपिटबाट घाइते उहाँलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पुर्याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको र सो घटनाबारे अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!