तनहुँको बन्दीपुरमा बस दुर्घटना १९ घाइते, २ जनाको अवस्था गम्भीर

Posted on: 04 Aug, 2019

साउन १९,  तनहुँ  | तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा ४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ। १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ | अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैरहेको छ । बसमा ३३ जना यात्रु सवार थिए । चालक प्रहरीको नियन्त्रणमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!