तनहुँमा दुर्घटनामा परि एकको मृत्यु

Posted on: 13 Oct, 2019

असोज २६, तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!