तनहुँमा सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा

Posted on: 25 Oct, 2019

कात्तिक ८, तनहुँ | बन्दीपुर गाउँपालिका–१ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ । डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कँुवेर आयल सप्लायर्स र केओएस रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।

उक्त पम्पको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले फराकिलो स्थान, सुन्दर सजावट तथा एक पटक धेरै सवारी साधनले पेट्रोलियम पद्धार्थ लिन सक्ने क्षमताको देख्दा पृथ्वीराजमार्गमा सबैभन्दा राम्रो लागेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तनहुँ, लमजुङ, गोरखा, मनाङको व्यापारिक केन्द्र डुम्रेबजार भएको र पर्यटकीयस्थल पनि भएकाले प्रट्रोलियम पद्धार्थका लागि यस्ता सुविधासम्पन्न पम्प स्थापना गर्नु सबैका लागि सहज र  खुशीको कुरा भएको बताउनुभयो ।


पम्पका लागि जमीनबाहेक रु छ करोड लगानी गरिएको सञ्चालक गोपाल अधिकारीले जानकारी दिनुभयो । उक्त पम्प छ रोपनी आठ आना जग्गा क्षेत्रफलमा निर्माण गरिएको उहाँले बताउनुभयो । सञ्चालक अधिकारीका अनुसार दैनिक एक लाख लिटर बिक्री गर्न सक्ने क्षमता भएको र एकै पटक आठ सवारी साधनमा डिजेल तथा पेट्रोल राख्ने सुविधा भएको जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!