पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना: तीनको मृत्यु, २१ घाइते

Posted on: 23 Mar, 2020

चैत १०, दमौली | एक यात्रुवाहक बस तनहुँको आँबुखैरेनी नजिक दुर्घटनाग्रस्त हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको उक्त बस क्षतविक्षत अवस्थामा रहेकोले राति अवेरसम्म शव झिक्ने काम गरिएको ट्राफिक प्रहरीले जनाएको छ । तनहुँको आँबुखैरेनी ३ ऐना पहरास्थित सडकबाट तल खसेको बसमा सवार तीन पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान १ का २२ वर्षका सन्दीप ओली र सोही जिल्लाका ४० वर्षका चूडामणि रेग्मी छन्। 

अन्य एक जनाको परिचय भने खुलिसकेको छैन । मृतकमध्ये एकको शव बसले च्यापेको अवस्थामा झिकिएको प्रहरीले जनाएको छ। उक्त बस दुर्घटनामा पनि २१ जना घाइते भएका छन् । 

घाइतेहरुको पोखरा, चितवन मेडिकल कलेज भरतपुर र तनहुकै आँबुखरेनीमा रहेको छिम्केश्वरी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!