खोलाले बगाएर बेपत्ता भएका मृत

Posted on: 20 Jun, 2020

असार ६, तनहुँ । गत सोमबार  शुक्लागण्डकी–९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी–८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो । 

शुक्लागण्डकी –४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।  शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ । 

आँप टिप्न जाँदा घाइते 

आँप टिप्न जाँदा रुखबाट लडेर शुक्रबार एक जना सख्त घाइते भएका छन् । घिरिङ गाउँपालिका– १ बन्टार निवासी २४ वर्षीय देवबहादुर कुमाल लडेर घाइते भएका हुन् । उनको ढाड भाँचिएको र अहिले नयाँ मेडिकल अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!