नदीले बगाएर एक बेपत्ता

Posted on: 02 Aug, 2020

साउन १८, तनहुँ | तनहुँको व्यास नगरपालिका–५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ डाँडागाउँ बस्ने ३५ वर्षीय रामकुमार दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएका दर्जीको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । बेपत्ताको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालित छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!