कमेडी च्याम्पियनका भरतमणिलाई स्वागत

Posted on: 07 Sep, 2021

भदौ २२, फुङ्लिङ | कमेडी च्याम्पियन–२  को उत्कृष्ट  ९फाइनलिष्ट०मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ । 

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो । 

कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उहाँलाई फूलमाला, खादा र अबिर प्रदान गर्नुभएको थियो । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गर्नुभएको थियो । 

कमेडी च्याम्पियन सिजन —२ का फाइनल प्रतिस्पर्धी भरतमणि पौडेल मङ्गलबार गृह जिल्ला ताप्लेजुङ आउने थाहा पाएपछि उहाँको स्वागत गर्न सदरमुकाम फुङ्लिङ बजारमा बसेका लिम्बु समुदायका कलाकार । तस्बिरः दिलकुमार लिम्बु/रासस

गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार आइपुग्नु भएका कमेडी च्याम्पियन सिजन —२, फाइनल चरणका प्रतिस्पर्धी भरतमणी पौडेललाई स्वागत गर्दै जिल्लावासी । तस्बिरः दिलकुमार लिम्बु/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!