पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील

Posted on: 02 Jun, 2017

जेठ १९, धनकुटा | पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ । 

पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअन्तर्गतका ७ सय ७५ मतदानस्थललाई समवेदनशील र ७ सय ६७ मतदानस्थललाई समान्यमा वर्गीकरण गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

भोजपुर र तेह्रथुम जिल्लालाई सुरक्षाका दृष्टिले सामान्य भनिएको छ भने हिमाली र तराइका केही जिल्ला समवेदनशील रहेको जनाइएको छ ।

निर्वाचनको विरोध र बहिस्कारमा रहेका दल, भूमिगत र आपराधिक समूहहरुको उपस्थिति र गतिविधिको सूक्ष्म मूल्यांकन गरी सोहीअनुरुप निर्वाचन सुरक्षा सतर्कता, सुरक्षाकर्मी परिचालन र निगरानी बढाइएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दहालले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!