एमाले सचिव योगेश भट्टराई १२,५९१ मतान्तरले विजयी

Posted on: 09 Dec, 2017

मंसिर २३, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् । उनले १२,५९१ मतान्तरले विजयी बनेका हुन् ।

एमाले नेता भट्टराईको संसदीय चुनावमा यो पहिलो विजय हो ।

२०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजय भोगेका भट्टराई यसपटक गृहजिल्ला ताप्लेजुङबाट चुनाव लडेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!