हत्या आरोपमा दुई व्यक्ति कारागार चलान

Posted on: 12 Jan, 2019

पुस २८, ताप्लेजुङ,  |ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!