गुगलले किन्दैछ टि्वटर (कति छ ट्विटरको मूल्य)

Posted on: 25 Sep, 2016

असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्ने तयारी गर्दै गर्दा बिभिन्न कम्पनीहरुसँग छलफल चलाएको छ । टि्वटरको खरीदबिक्रिको छलफलमा सहभागी हुने कम्पनीहरुमध्ये गुगल पनि एक हो । सन् २०१३ यता टि्वटर कम्पनीको वृद्धिदर निकै सुस्त छ । 

रिपोर्ट अनुसार टि्वटरले आफ्नो कम्पनी बिक्रि गर्नका लागि अल्फाबेट मातहतको गुगलसँग कुराकानी गरिरहेको छ । टि्वटर कम्पनीको बजार मूल्य अहिले १६ अर्ब डलर रहेको छ । बिक्रि कतिमा गर्छ भन्ने कुरा भने किन्ने कम्पनी सँगको सम्झौता अनुसार हुनेछ । 

टि्वटरको खरीद बिक्रिका विषयमा वार्ता चलिरहेको खबर सार्वजनिक भएसँगै शुक्रबार टि्वटरको शेयर २० प्रतिशतले बढेको थियो र जसको कारण प्रति सेयर मूल्य २२.४६ डलर पुगेको थियो ।

विश्लेषकहरुका अनुसार गुगलको मातृ कम्पनी अल्फाबेटका लागि टि्वटर खरीद गर्नु सकारात्मक कदम हुनेछ । किनकी अहिलेसम्मका कैयन् कोसिसहरुका बाबजुत पनि गुगलले सोसल मिडियाको क्षेत्रमा खासै प्रगति गर्न सकिरहेको छैन ।

रिपोर्ट अनुसार टि्वटर कम्पनीको खरीद बिक्रिको सम्झौता २२ डलर प्रतिशेयर मूल्यमा हुनसक्दछ । सन् २०१३ मा पहिलोपटक शेयर जारी गर्दा टि्वटरको शेयर मूल्य २६ डलर थियो । आइपिओ जारी भएको एक महिनामै टि्वटरको शेयर मूल्य उकाशिएर ७४ डलर सम्म पुग्यो । तर त्यसपछि भने टि्वटरको शेयर मूल्य ओह्रालो लागिरह्यो र गत बुधबार १८.६३ डलर सम्ममा झरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!