नेकपा एमालेको परासी र नवलपुर क्षेत्र छुट्टियो

Posted on: 09 Nov, 2016

सरु शर्मा, कात्तिक २४, परासी । नवलपरासीको दाउन्ने पश्चिम परासी क्षेत्र प्रदेश नम्बर ५ मा परेपछि नेकपा एमावले नवलपरासीले परासी क्षेत्रमा जिल्ला संगठन कमिटि गठन गरेको छ । एमाले प्रदेश नम्बर ५ को बुटवलमा भएको बैठकले एमाले जिल्ला कमिटि नवलपरासीको उपसचिव रहेका तुल्सी पासीलाई परासी क्षेत्रको संयोजक तोकेको छ ।

      यसैगरि एमाले परासी क्षेत्रको सहसंयोजकमा जिल्ला संगठन विभाग प्रमुख एवँ क्षेत्रिय ईन्चार्च थानप्रसाद गैरेलाई तोकिएको एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताउनुभयो ।

     परासी क्षेत्रको संगठन कमिटिको सदस्यमा दाउन्ने पश्चिम क्षेत्रका जिल्ला सदस्यहरुलाई नै सदस्यमा राखिएको छ । अव जिल्ला सगठन कमिटिले आगामी ६ महिना भित्र अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नवलपरासी अखण्ड रहने हल्ला चलिरहेका बेला एमालेले भने प्रदेश कार्यान्वयनमा लागेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!