अब सरकारी कर्मचारीले निजी इमेल प्रयोग गर्न नपाउने

Posted on: 16 Nov, 2016

मंसिर १, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो नीति लागु भएपछी सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि नेपाल सरकारको आधिकारिक सरकारी वेबसाइटकै इमेल प्रयोग गर्नुपर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो नयाँ नीति ल्याउने तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीका अनुसार nepal.gov.np प्रयोगमा ल्याउन आवश्यक गृहकार्य भइरहेको छ । अहिले यो परिक्षणको रुपमा प्रवक्ता रेग्मी आफैले प्रयोगमा ल्याईसकेका छन् ।

सरकारको यो तयारीसँगै अब सामान्य चिठीपत्रहरु पठाउने झंजटको अन्त्य हुने र छिटो-छरितो काम हुने बिश्वास लिएको छ । सरकारले आधिकारिकताको लागि भन्दै जिमेल, याहु, हटमेल लगायतबाट आएका मेल विश्वसनीय नहुने भएकाले सरकारले आफ्नै आधिकारिक इमेल प्रयोग गर्न लागेको बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!