आजदेखि नेपाल टेलिकमको 'फोर जी' सेवा सुरु (यस्तो छ बिशेषता)

Posted on: 01 Jan, 2017

पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौँ र पोखराबाट सुरु हुँदैछ ।

नयाँ बर्ष सुरुवात भएसँगै टेलिकमले यो सेवा काठमाडौंका झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले उपभोग गर्न पाउनेछन् । त्यस लगत्तै फोर जी सेवा अरु शहरमा पनि बिस्तार गरिने टेलिकमको योजना छ । यो सेवा शुरु भएपछि मोबाइलबाट अहिलेको भन्दा अति स्पिड इन्टरनेट चलाउन सकन्छ । साथै देश-विदेशमा भएका आफन्तसँग सहज रुपमा भिडियो चाट, फाइल ट्रान्सफर, आवश्यक फाइलहरु डाउनलोड तथा अपलोड, फेसबुक तथा ट्विटरबाट राम्रो क्वालिटीको भिडियो सहितको लाइभ प्रसारण आदि गर्न सकिनेछ ।

टेलिकमको फोरजी इन्टरनेटको स्पिड प्रतिसेकेण्ड ३५ एमबीको हुनेछ यसको मतलव अब टेलिकमको इन्टरनेटबाट प्रति सेकेन्ड ३५ एमबिसम्म डाउनलोड तथा अपलोड गर्न सकिनेछ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् । 

यो सेवा प्रयोग गर्न कम्प्याटेवल सिमको आवश्यकता पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।

फोर जी सेवा लिनका लागि मोबाइल सेट पनि फोर जी सपोर्ट गर्ने खालको हुन्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । बिशेष गरि अहिले बजारमा नयाँ आएका स्मार्टफोनमा फोरजी चलाउन सकिन्छ । तत्कालको लागि नेपालमा आइफोनमा समेत यो सेवा चलाउन सकिन्न । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!