फेसबुक तथा ट्विटरमा लेख्दा वा कमेन्ट गर्दा ध्यान दिनुस, नत्र पक्राउ परिएला

Posted on: 05 Jan, 2017

सामाजिक सन्जाल फेसवुक तथा ट्विटरमा कसैको हानी हुने गरि कुनै स्टाटस वा कमेन्ट लेख्दै हुनुहुन्छ भने होसियार, तपाइँ सिधै जेल पनि जानुपर्ने हुन सक्छ | 

सामाजिक सञ्जाल हाम्रो जीवनको एक अभिन्न पाटो बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर केहि खराब प्रवृत्ति बोकेका मानिसहरुको कारण सामाजिक सञ्जालको दुरुपयोग पनि भईरहेको छ ।

फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने सावधान ! सामाजिक सञ्जालकै कारण जेल जानु पर्ने पनि हुन सक्छ । नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ । 

यस्तो छ, प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभागले केहि महिना अघि जारी गरेको बिज्ञप्ति:


यस बिषयमा तपाइको प्रतिक्रिया...!