अब लाइसेन्स लिखित परीक्षाको तयारी मोबाइलबाटै यसरि गर्नुस

Posted on: 09 Jan, 2017


पुस २५, काठमाडौं । अब सवारी चालक प्रमाणपत्र लिनका लागि लिखित परीक्षा पास गर्न किताब किनिरहन नपर्ने भएको छ ।

 नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले तपाइहरुलाई लक्षित गर्दै एन्ड्रोइड स्मार्ट मोबाइलमा प्रयोग गरिने एउटा एप्लीकेशन ल्याएको छ । जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिनेछ । 

 नेपाल ड्राइभिङ लाइसेन्स नामको उक्त एपमा दुई/चार पांग्रे सवारी चालक अनुमतिपत्रको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु समेटिएको येप्स निर्माता चन्दन गुप्ताले जानकारी दिएका छन ।  

 त्यस्तै सरकारी नियम परिवर्तन हुनेवित्तिकै तत्काल एपमा त्यसको अपडेट राखिने भएकोले एप अपडेट गरे पुग्ने बताइएको छ । एपमा परीक्षामा सोधिने सम्पूर्ण जानकारीहरु राखिएको र ट्राफिक सिग्नल, नियम तथा सबै रोड सेफ्टीका उपायहरु सामावेस गरिएको निर्माता कम्पनीले जनाएको छ । 

 तत्कालको लागि सैद्धान्तिक परीक्षको बारेमा मात्र केन्द्रित एप्लीकेशनमा आगमी भर्सनबाट अनलाई फर्म भर्ने सुविधा पनि उपलब्ध गराइने गुप्ताले जानकारी दिए । 

 एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!