वल्र्डलिंकको इन्टरनेटमा यस्ता छन् थप सुविधाहरु

Posted on: 13 Jan, 2017

पुस २९, काठमाडौं | वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउदै आएको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छ साथै निशुल्क राउटर उपलब्ध गराएको छ । कम्पनीले टिभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिनासम्म निशुल्क उपलब्ध गराएको छ । आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ । 

यो योजना वार्षिक ग्राहकहरुका लागि इन्टरनेट तथा आइपि टि.भी  सेवा लिँदा उपलब्ध छ । आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न सक्छन । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ । 

वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!